कोहलपुर\ कोहलपुर ११ स्थित समता विद्यालयले गुरु पुर्णिमा मनाएको छ।उक्त विद्यालयका विद्यार्थीहरुले शिक्षकद्वारा केक कटाएर गुरु पुर्णिमा मनाएका हुन। मासिक शुल्क एक सयमा अध्यापन गराउदै आएको उक्त विद्यालय मा कूल एक सय विद्यार्थी रहेका छन।
अग्रेजी माध्यममा अध्ययापन हुने उक्त विद्यालयमा पछिल्लो समय आर्थिक अभावका कारण अभिभावहरुले स्वत सहयोग रकम उपलब्ध गराउदै आउनु भएको छ विद्यालय इन्चार्ज मिरा चन्द्रले जानकारी गराईन।
समता विद्यालय माशिक एक सय रुपैयामा मास्टर डिग्री सम्म अध्ययन हुदै आइरहेको छ । बाँकेमा उक्त समता विद्यालय संचालनमा आएको ६ वर्ष पुरा भएर ७ वर्षमा प्रवेश गरेको छ ।