२ जेष्ठ २०८२, बिहीबार

यी पाँच जिल्ला आसपास भई बहने नदीहरूमा बहाब बढ्ने, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?
  • न्युज मानसराेवर

बाँके\आज (शनिवार) सिन्धुली, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरेको छ । महाशाखाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाइख्न आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, सर्लाही, रौतहट, धनुषा, नवलपरासी (ब. सु. पू.), नवलपरासी (ब. सु. प.), रुपन्देही, लमजुङ, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही स-साना नदीहरूरुमा बहाब बढ्न सक्ने सम्भावना छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी ३ दिन देशका प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तल तर बढ्दो रहने महाशाखाको पूर्वानुमान रहेको छ ।   कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरू तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज महाकाली नदीको बहाब सतर्कता आसपास रहने पूर्वानुमान रहेको छ ।  महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै बाग्मती र कमला नदीका केही स-साना सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

  • १३ श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech