ठाकुरबाबा \बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७स्थित शिव सुन्दर माध्यामिक विद्यालयलाई हात धुने स्थान हस्तान्तरण गरिएको छ । बाल विवाह न्युनिकरण परियोजनाअन्तरगर्त प्लान इन्टरनेशनल नेपाल र भेरी बातावरणीय विशिष्टता समुह (बि ग्रप) बांकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा विद्यालयका बालबालिकाहरुलाई २ लाख ९३ हजार ८ सय २५ रुपैयाको लागतमा निर्माण गरिएको हात धुने स्थान हस्तान्तरण गरिएको हो ।
बालबालिकाहरुको सहजता र सिक्षण सिकाई उपलब्धिमा बृद्धि गराउने उदेश्यले हात धुने स्थान निर्माण गरी हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थालाई विद्यालयले प्रशंसा पत्र समेत प्रदान गराएको छ । परियोजनाले हाल बर्दिया जिल्लाको बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका र गेरुवा गांउपालिकामा सन २०२२ देखि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्टले बालबालिकाहरुका लागि विभिन्न किसिमका कार्यक्रम ल्याएर मात्र नहुने विशेष गरी सिकाई उपलब्धीलाई विशेष जोड दिनुपर्ने बताएका छन।
उनले बालबालिकाहरुको सिकाई उपलब्धिका विषयमा अभिभावक र शिक्षक विचमा छलफल गरी बालबालिकाहरुको सिकाई के कस्तो भइरहेको छ र आगामी दिनमा सिकाई उपलब्धी वृद्धि गर्न कस्ता खालको उपाय अपनाउन सकिन्छ । यसको बारेमा ध्यान दिनुपर्ने औल्याएका छन।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक सुरेन्द्र चौधरीले विद्यालयलाई हात धुने स्थान निर्माण गरी बालबलिकाहरुको स्वास्थ्य शिक्षा र भौतिक विकास लगायत विविध पक्षमा सहयोग गर्ने सहयोगि निकायलाई धन्यबाद व्यक्त गरेका थिए ।
त्यस्तै प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले एकैपटक २० जना सम्म विद्यार्थीले प्रयोग गर्न सक्ने हात धुने स्थानको उचित तरिकाले दिगो रुपमा प्रयोग गर्न आग्रह गरेका छन।
विद्यालयलाई बालमैत्री ,आचारसंहिता, लैगिंक तथा बालमैत्री, भयरहित बातावरणमा अध्यापन गराउनुपर्ने, गुनासो सुनुवाई कार्यविधि अनुसार गुनासोलाई सम्बोधन गर्ने,फोकल शिक्षक तोकि महिनावारीबारे व्यवस्थापन गर्नुपर्ने लगायतका विषयलाई उठान गर्दा विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढाउन सकिने सहभागीहरुको भनाई छ ।
कार्यक्रममा बि ग्रुप बांकेका परियोजना प्रबन्धक विर्खराज उपाध्यय, प्राविधिक संयोजक लक्ष्मी शर्मा विद्यालयका शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलम विष्ट लगायत बिद्यार्थीहरुको सहभागिता रहेको बि ग्रुप बांकेकी फिल्ड सुपरभाइजर विमला रावतले जानकारी दिइन।