१८ बैशाख २०८१, मंगलवार

बाँकेमा तरुण दल अध्यक्ष केसीमाथि आक्रमण
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुलबहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

युवा संघ राप्तीसोनारी अध्यक्षसमेत रहेका “समीर“ भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विस्ट, सुनिल परियार, दिलिप डांँगीसहित ८।९ जनाको समुहले आक्रमण गरेको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा शुक्रवार राती पौने ११ बजेतिर आफुमाथि आक्रमण भएको केसीले बताएका छन् ।

आफुमाथि एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उनले बताए । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ ।

घटना सार्बजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्कीसमेत दिएको घाइते केसीले बताए । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको बताइएको छ ।

आक्रमणमा संलग्न व्यक्ति फरार रहेको र उनीहरूलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्ती सोनारी क्षेत्रबाट काट तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाइँ गर्दै आएको छ ।

अबैध कार्यको बिरोध गर्ने ब्यक्तिलाई उनीहरूले पटक(पटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समिरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीनरचार वटा मुद्दा दर्ता भसकेका छन । घाइते केसीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

यता राप्ती सोनारी तरुण दल अध्यक्षमाथि भएको आक्रमणको नेपाल तरुण बाँकेले घोर निन्दा गरेको छ । तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले तत्काल दोषीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने पर्ने बताएका छन् ।

यो घटनालाई लिएर प्रहरीले गम्भीरताका साथ हेरी दोषीलाई कडा कारबाहीको कदम चाल्नै पर्छ, यदि प्रहरीले यो घटनाका दोषीलाई पक्राउ नगरेमा कडा आन्दोलन गरिने अध्यक्ष शाहले चेतावनी दिएका छन् ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech