१८ बैशाख २०८१, मंगलवार

कोरोनाबाट बाँकेमा एक पुरुषको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । कैलालीको जोशीपुर ३ का ८३ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार विहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि माघ ६ गते भर्ना भएका उनमा माघ ७ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ८७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech