१५ असार २०८३, सोमबार

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि
  • न्युज मानसराेवर

बाँके\नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा १० प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ।कार्यालयले निर्धारण गरेको २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रुपियाँ लक्ष्यमध्ये १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपियाँ अर्थात् ८३.०५ प्रतिशत राजस्व असुली भएको हो।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षको जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार रुपियाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपियाँ संकलन भएको छ।

चालु आर्थिक वर्षमा गत वर्षको सोही अवधिको तुलनामा २६ करोड ५० लाख रुपियाँ बढी राजस्व संकलन भएको उल्लेख गर्दै प्रमुख पौडेलले यस वर्ष राजस्व संकलनमा १० प्रतिशत वृद्धि भएको जानकारी गराएका छन।

 

  • १५ असार २०८३, सोमबार प्रकाशित

  • Nabintech