बाँके\नेपाल सरकारले संसदमा पेश गरेको शिक्षा विधेक, २०८० मा शिक्षकका हरेक अधिकारमा कुण्ठित गरेको भन्दै शिक्षकका विभिन्न घटकहरुले आन्दोलनको घोषणा गरेका छ्न ।
आश्विन ३ गतेदेखि देशभरका सामुदायिक विद्यालहरुमा पठनपाठन ठप्प पार्ने सम्मका कार्यक्रमको घोषणा गरेका छ्न । सामुदायिक विद्यालयका कार्यरत स्थायी, अस्थायी, राहत र करार शिक्षकहरुका विभिन्न मागहरुमा सरकारले ल्याएको विधेयकमा किन विभेद गरिएको भन्ने सवालमा शिक्षक आन्दोलन हुंदा सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता समुह निर्माण गरि वार्तामा बोलाएको छ ।
शिक्षकहरुका जायज मागप्रती ऐक्यवद्दता जनाउदै विश्वविद्यायमा कृयासिल संघस्ंगठन मध्यको प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका सभापति एकराज शर्माले सोसल मिडियामा लेख्दै शिक्षकका मागहरुमा ऐक्यवद्दता जनाएका छ्न । उनले स्टाटसमा यस्तो प्रतीवद्दता सहितको ऐक्यवद्दता लेखेका छ्न ।
नेपाल सरकारले भर्खरै ल्याएकाे विद्यालय शिक्षा विधेयक, २०८० शिक्षाको गुणस्तर बढाउने, समसामयिक , औचित्यपूर्ण र देशकाे परिस्थिति अनुकूल नभएको हाम्रो बुझाई रहेको छ । यस बारेमा कर्मचारी, शिक्क, बुद्धिजीवी मात्र होइन शिक्षकहरूका विभिन्न छाता सघसंगठनहरूले पनि विराेध गरेको अवस्था जगजायर छ । तर सरकारले उनीहरूका कुरामा चासाे नदेखाएपछि शिक्षकहरु यही आश्विन ३ गतेबाट विद्यालयमा पठनपाठन ठप्प हुने गरी आन्दोलनकाे घाेषणा गरेको देखिन्छ । संविधानको धारा, ३१ को प्रतिकूल हुनेगरी सरकारले ल्याएको शिक्षा विधेयक तत्काल फिर्ता गरी वार्ताको माध्यम निर्माण गर्दै राम्रो वातावरण बनाउनु अहिलेको आवश्यकता भएको महसुस भएको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको धारणा हो ।
प्रजातन्त्रमा विराेध गर्न पाउनु सबैकाे अधिकार हाे तर सरकारले जायज र औचित्यपूर्ण मागलाई वार्ता र संवादको वातावरण तयार गरि आम सहमतिका आधारमा मागहरु पूरा गर्नुपर्छ । यसबीचमा सरकारले पुर्व तयारी विन नै वार्तामा बाेलाएकाेमा त्यसकाे तात्त्विक औचित्य छैन । वार्ता घनीभूतरूपमा भएर सहमति हुनेगरी दुवै पक्ष वार्तामा बसेर सहमति गर्नेतर्फ सरकार अगाडी बढोस हाम्रो शुभेच्छा रहेको छ । तर उल्टै शिक्षकमाथि दमन गर्ने व्यवहार प्रदर्शन गरेर शिक्षकका जायज माग सुन्नेतर्फ सरकारले ध्यान नदिएमा कडा आन्दोलन हुनेमा सरकार चनाखो होस । आन्दोलन शिक्षकहरूकाे रहर नभैइ पनि बाध्यता हाे । किनकि यतिबेला शिक्षकहरू सम्मानजनक अस्तित्वको लडाइँमा हुनुहुन्छ र यस आन्दाेलनप्रति हाम्रो ऐक्यबद्धता रहेको छ ।