कोहलपुर \कोहलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिएका
छन ।दशौ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रङ्गलाको अवलोकन गर्दै मन्त्री लिम्बु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानिय तहसँगको सहकार्यमा रङ्गशालाको संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन।
पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रङ्गशालामा एकातर्फ रापिट निर्माणको कार्य भईरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुँदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने सम्झौता रहेको छ । क्रिकेट रङ्गशालाको विषयमा क्रिकेटका पूर्व कप्तान तथा परिषद्का बोर्ड सदस्य लेखबहादुर क्षेत्रीले जानकारी जानकारी गराएका थिए ।
आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताईएको छ । निरिक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्दशन समेत दिएका छन। अनुगमन टोलीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाँके क्षेत्र नं.१ को २ बाट निर्वाचित दुर्गा प्रसाद चौधरी प्रदेश सांसद सन्जु चौधरी , जिल्ला समन्वय समति बाँकेका सिता कार्की कोहलपुर नगरपालिकाका कार्यवाहक मेयर वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह सधै तयार रहेको औल्याएका थिए ।