१९ बैशाख २०८१, बुधबार

अटो रिक्सा दुर्घटना हुँदा कैलालीमा चालकको मृत्यु
  • न्युज मानसराेवर

धनगढी । कैलालीमा अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीवार राति करिब ११ बजे भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो ।

अटो रिक्सामा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी घाइते भएका चौधरीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech