९ जेष्ठ २०८३, शनिबार

देशभर आंशिक बदली, केही प्रदेशमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\मुलुकका अधिकांश भेगमा आज आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु लागेको छ। हुस्सु र शीतलहरका कारण तराईको जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ।

नेपालको मौसममा अहिले पश्चिम वायुको आंशिक प्रभाव पर्नुका साथै बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव परेको महाशाखाले जनाएको छ।

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech