बाँके\बाँकेको कोहलपुर नगरपालिकाले चिसोबाट बच्न १५ वटै वडाका ९५ स्थानमा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । नगरपालिकाभित्रका सबै वडाका मुख्य चोकमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
चिसोबाट जोगाउन नगरपालिकाभित्रका सबै वडाहरूको करिब ९५ स्थानमा दाउरा वितरण गरिएको नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले उल्लेख गरेका छन। नगरपालिका र वडाका मुख्य चोक, मठ मन्दिर, ज्येष्ठ नागरिक केन्द्र, प्रतीक्षालय, चौतारा लगायतमा आगो ताप्ने व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।











