कोहलपुर \बाँकेको कोहलपुरमा आर एम नामक हस्पिटल सञ्चालनमा ल्याइएको छ। कोहलपुर नगरपालिकामा वडा नं ११ मा सञ्चालन ल्याइएको उक्त आर एम हस्पिटल सञ्चालनको लागि उद्घाटन गरी सेवा विस्तार गरिएको हो ।
नेपाली कांग्रेस बाँके जिल्ला सचिव तथा लुम्बिनि प्रदेश सभा सदस्य सन्जु कुमारी थारुको लगानी रहेको उक्त अस्पतालको उद्घाटन भने सांसद थारुका ससुरा रामकिसन थारुले गरेका छन। थारु उमेरले ७३ वर्ष पुगेका छन।
उद्घाटन पछि सांसद सन्जु कुमारी थारुसन्जु कुमारी थारुले बिभिन्न समस्याका बिरामीलाई मध्यनजर गर्दै आर एम हस्पिटल सञ्चालनमा ल्याएको बताएकी छन्।अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरिन।
सांसद थारुले स्थानीय स्तरसँगै साविक मध्य तथा सुदुरपश्चिमको केन्द्र विन्दु कोहलपुरमा गुणस्तरी स्वास्थ्य सेवा विस्तार हुनु यहाँ (कोहलपुर)को विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त समेत गरेकी छन। ‘अब यहाँ थप रोजगारी सृजना भएको छ’ यसले यहाँको स्वास्थकर्मी दक्ष प्राविधिकहरुको माग बढ्ने छ ‘ सांसद थारुले भनिन।
आर एम हस्पिटल अस्पताल संचालक डा.गोविन्द प्रसाद थारु ( संन्तोष)ले कोहलपुरमा सञ्चालनमा ल्याइएको यस हस्पिटलबाट विभिन्न सेवा सुविधाका र गुणस्तरीय सेवा प्रवाह गरिने बताए । संचालक थारुले विषय विज्ञ डाक्टरहरुको अनुभव सँगै सेवा विस्तारमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
हस्पिटलबाट प्रवाह हुने सेवा सुविधाहरु हाडजोर्नी, बाल रोग, चर्म (छाला) तथा यौनरोग,नाक कान तथा घाटि सम्बन्धि रोग, मानसिक स्वास्थ्य र मनोरो, पेट, छाति तथा मुटु, मृगौला, नशा तथा मेरुदण्ड सम्बन्धीका सम्पूर्ण रोगहरूको आर एम हस्पिटलबाट हुने बताइएको छ ।
साथै सामान्य रोग परिक्षण : एक्स-रे,भिडियो एक्स-रे (अल्ट्रासाउन्ड),ड्रेसिङ,माइनर ओ.टि.,फिजीयोथेरापी गरिने २४ सै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, इसीजी, फार्मेसी लगाएत सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन ।
पछिल्लो समय मध्य तथा सुदुरपश्चिमको केन्द्र विन्दु ( कर्णाली प्रदेश ,सुदुरपश्चिम प्रदेश ) मानिने कोहलपुरमा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा लागनी बढेको देखिन्छ।