५ जेष्ठ २०८१, शनिबार

कोहलपुर नगर प्याब्सनको छैठौँ बार्षिक साधारण सभा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर \निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन )कोहलपुरले आफ्नो छैठौँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कोहलपुर नगर प्याब्सन अध्यक्ष  गोविन्द सुवेदीको अध्यक्षतामा  छैठौँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाले कोभिड १९ पछि को विषम परिस्थिति पश्चात शिक्षण सिकाइ क्रियाकलाप तथा अतिरिक्त क्रियाकलापलाई पुन जोड दिदै विद्यार्थीहरुको अन्र्तरनिहित क्षमतालाई प्रष्फुटन गर्नका निम्ति प्याब्सन कोहलपुरले विभिन्न गतिविधि संचालन गरिरहेको साँगठनिक प्रतिवेदमा कोहलपुर नगर सचिव रमेश के.सीले उल्लेख गरेका छन।

त्यसै गरी प्याब्सन कोहलपुरका कोषाअध्यक्ष मित्रलाल वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।आर्थिक प्रतिवेदमा संस्थाले बाबालिकाहरुको क्षमता अभिबृद्धि सँगै भूकप्प प्रभावित जिल्ला जाजरकोट जिल्लामा आर्थिक सहयोग गरेको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

संस्थाले कूल १७ लाख ९ हजार ३ सय ११ रुपैया बराबरको विभिन्न क्रियाकलाप तथा सामाजिक उत्तरदायित्वमा  खर्च  गरेको प्रतिवेदनमा  उल्लेख छ।कार्यक्रममा प्याप्सन बाँकेका अध्यक्ष यम रावतले संस्थागत विकास सँगै कोहलपुर नगर प्याब्सनले सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको प्रति धन्यवाद व्यक्त गरेका थिए।प्याब्सन  बाँके सल्लाहकार दिनेश सिग्देल, केशर बहादुर आलेको सहभागिता रहेको थियो ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech