५ जेष्ठ २०८१, शनिबार

उल्लासमय रुपमा मनायो एभरेष्ट सैनिकले आफनो २८ औं बार्षिक उत्सव (भिडियो)

अभिभावकहरुले आफना वालवालिकाहरुको आनिवानि बोलि ब्यबहार सुक्ष्म अध्यन गरि उनीहरुको सकारात्मक भावनाको कदर गर्नुपर्ने

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं.२ मा रहेको एभरेष्ट सैनिक सेकेण्डरि स्कुलले आफनो २८ औं बार्षिक उत्सव एक समारोहको आयोजना गर्दै भब्य रुपमा मनाएको छ । बिभिन्न बिज्ञान प्रर्दशनि, विविध सांस्कृतिक प्रस्तुति सहित आयोजित बार्षिक उत्सव समारोहमा बार्षिक रुपमा विभिन्न बिधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरष्कृत गर्नुका साथै सम्मान समेत गरेको छ ।

यसपालिको एभरेष्ट बेष्ट स्टुडेण्टको अर्वाड रोशनि शाहिले प्राप्त गरेकी छिन यसैगरि अनुशासन, सरसफाई, नियमित उपस्थिती जस्ता १४ अर्वाड समेत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । बार्षिक उत्सवमा बिभिन्न बिधा तथा कक्षाहरुमा प्रथम, द्धितिय र तृतिय हुने वालवालिकालाई कार्यक्रमका प्रमुख अतिथी संगिता सुवेदी, प्याव्सन बाँकेका अध्यक्ष यम रावत, राप्रपा वडा नं. २ का वडा अध्यक्ष महेश आचार्य, रामजानकि माविका निर्देशक दिनेश सिग्देल, विद्यालय ब्यबस्थापन समितीका अध्यक्षकृष्ण भुसाल लगायत अतिथीहरुले अवार्ड, प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

समिक्षा रिजाल प्रज्वल बिकको स्वागत गितसंगै शुभारम्भ गरिएको विद्यालयको २८ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदीले पछिल्लो समय कितावि ज्ञान र पाठ्यक्रमको मात्र पढाई गरिने परिपाटिलाई चिर्दै निजि विद्यालयहरुले

कितावि ज्ञानका अलाबा अतिरिक्त कृयाकलापहरुलाई समेत प्राथामिकतामा राख्ने गरेको भन्दै वालवालिकाहरुलाई सानै उमेरबाट रचनात्मक कार्यक्रममा सहभागि गराउदा उनीहरुको शारिरीक मानसिक तथा संबेगात्मक विकासमा टेवा पुग्नेमा जोड दिईन । देशको कुल शैक्षिक भारको ५० प्रतिशत भन्दा बढि निजि स्कुलहरुले बेहोरिरहेकोबारे चर्चा गर्दै कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकि उप प्रमुख सुवेदीले राज्यले शिक्षा क्षेत्रलाई थेग्न नसकेको अवस्थामा निजि क्षेत्रले मेरुदण्ड बनेर शैक्षिक अभियानलाई थामिरहेको जिकिर गरिन ।

संस्थागत क्षेत्रका विद्यार्थीहरुले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका निम्ति सामाजिक सेवा भावका साथ खानेपानीको ब्यबस्था, डेस्क बेन्च, न्यानो कपडा लगाएत सचेतनामुलक कार्यक्रम गरेर संस्थागत विद्यालयहरुले आफनो सामाजिक उत्तरदायित्व पुरा गरेका चर्चा गर्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नमा समेत संस्थागत विद्यालयहरुले योगदान गर्नुपर्नेमा जोड दिईन ।

अहिले हुर्किएका वाल वालिकाहरु विदेश जाने प्रचलन ब्याप्त हुदै गएको औंल्याउदै सुवेदीले बालबालिकाको भबिष्य नेपालमै छ भनेर बिश्वास दिलाउन अव घर परिवार अभिभावक विद्यालयहरुले शिक्षालाई परिवर्तित धारतर्फ लैजानु पर्ने वताईन । उनले समय सुहाउदो शैक्षिक सुधारहरु के गर्न सकिन्छ नगरले नितिगत निर्णय गर्न तत्पर रहेको भन्दै उप प्रमुख सुवेदीले बिदेश पलायण हुने जनशक्तिलाई स्वदेशमै रोक्न सक्नेगरि नैतिक ब्यबहारिकलाई समेत शिक्षामा जोडन आग्रह गरिन ।

कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यम रावतले निजि क्षेत्रले संस्कार सहितको शिक्षा दिने अभियानमा लागेको उल्लेख गर्दै अभिभाबकले समेत यस्ता बिषयहरुमा चासो र चिन्ता गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । उनले विद्यालयले मात्र वालवालिकालाई सवै कुरामा निपुण गराउछ भन्ने अपेक्षा अभिभावकहरुले त्याग्नुपर्ने भन्दै वालवालिकाहरुलाई उनीहरुले गर्ने हरेक क्रियाकलापहरुको अभिभावकहरुले सुक्ष्म अध्यन समेत गरि उनीहरुको सकारात्मक भावनाको कदर गर्नुपर्ने मात्र नभई अनुसासित र सभ्य बन्नमा प्रेरणा समेत प्रदान गर्नुपर्ने धारणा ब्यक्त गरे ।

विद्यालयका प्रबन्ध निर्देशक महेन्द्र शर्माले विद्यालयले आफना वाल वालिकाहरुलाई सहज,सरल र सिकाईका विभिन्न टुल्सहरुको प्रयोगवाट शिक्षा प्रदान गरिरहेको चर्चा गर्दै विद्यार्थीको उज्जवल भविष्यकालागि विद्यालयले वालवालिकाहरुका निम्ति कुनै कसुर बाँकि नराखेको वताए ।

उनले विद्यार्थीहरुको चाहना अनुसारका पाक शिक्षा, खेलकुद, सचेतनाका अभ्यास, प्रयोगात्मक एबै बिज्ञानकलाका साथै सांस्कृतिक कार्यक्रमहरुमा विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता रहनेगरि विविध कार्यक्रमहरु विद्यालयले संचालन गरेको बारे स्मरण गराउदै ब्यबहारिक, नैतिक र अतिरिक्त शिक्षामा पनि विद्यालयले आफनो क्षमताले भ्याएसम्म सहभागिता गराउदै आएको उल्लेख गरे ।

विद्यालयका ईन्चार्ज राजु दहालले स्वागत गरेको कार्यक्रममा नृत्यमा ट्यालेन्ट हन्टहरुको बेजोड प्रस्तुती समेत वालवालिकाहरुले प्रस्तुत गरेका थिए । नृत्य निर्देशक अनिता पौडेलले मुल्यांकन गरिरहेको सांस्कृतिक कार्यक्रमका अलावा विद्यार्थीहरुले बिभिन्न कला संस्कृती झल्कने गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

क्रिसा वाँकेका पुर्व अध्यक्ष दिनेश सिग्देल,शिक्षक महासंघका नगर अध्यक्ष राम प्रसाद चापागाई, बिभिन्न बिद्यालयका संस्थापक तथा प्रिन्सिपल, अभिभावक विद्यार्थी पत्रकारहरुको बाक्लो उपस्थितीमा सभ्य र भब्य रुपमा सम्पन्न २८ औं बार्षिक उत्सवको सभाध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक महेन्द्र शर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन विष्णु भुषालले गरेका थिए ।

भिडियो

 

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech