७ भाद्र २०८२, शनिबार

प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके\साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • २० फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech