बाँके\बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार एकै दिन १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षु बनेका छन्। अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गर्नुपर्नेछ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्रांगणमा १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो।