९ बैशाख २०८२, मंगलवार

नेपालगञ्जको न्यूरोडबाट ३८ लाख ६४ हजार रुपैया सहित ३ जना पकाउ

१ महिनामा करिब २५ करोड ट्रान्जेक्सन गरेको डकुमेन्टहरु फेला

  • न्युज मानसराेवर

नेपालगञ्ज:  सरकार परिवर्तन भएको एक हप्ता बित्त्न नपाउदै नेपाल–भारत सिमा क्षेत्रमा अबाञ्छित क्रियाकला एवम गैर-कानुनी कारोबार गर्नेहरुप्रति सुरक्षा निकायहरुले निगरानी बढाउन सुरु गरेको पाईएको छ ।

लामो समय देखि पैसाको गैर–कानुनी कारोबार गरिरहेको सुराकी पाएको आधारमा उक्त गिरोहहरुको पिछा गर्ने क्रममा आईतबार अपरान्ह नेपालगञ्जको न्यूरोडबाट ३८ लाख ६४ हजार रुपैया सहित ३ जनालाई बांके प्रहरीले पकाउ परेको छ भने १ जना २५ लाख नगद सहित फरार भएका छन ।

बांके प्रहरीका अनुसार बांके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर ४ बागेश्वरी मन्दिको पूर्वी गेट नजिकै न्यू–रोडको पूर्बी किनारामा भित्रि सटरमा कार्यालय बनाई हुण्डी अर्थात पैसाको गैर कानुनी कारोबार गरिरहेको सूचनाको आधारमा बांकेको नेपालगञ्ज स्थित राष्ट्रिय अनुसन्धान बिभागको टोली र नेपाल प्रहरीको सिबिल टोलीले लामो समयको रेकी पछी आईतबार पैसा सहित ३ जनालाई रंगे हात पक्राउ गरेको र १ जना फरार भएका छन ।

हुण्डि कारोबार गर्ने कार्यालयमा स्रोत नखुलेको पैसा जम्मा हुन आएपछी कार्यालयमा सहयोगीको रुपमा रहेका बारबर्दिया–२ बर्दिया घर भएकी २५ बर्षिय पूर्णिमा चौधरीले झोलामा बोकेको १६ लाख ९४ हजार, त्यसैगरि बर्दिया राजापुर–११ का २० बर्षिय अनुप थारुले बोकेको २१ लाख ७० हजार र उक्त कारोबारको नेतृत्व गरेर कार्यालयमा रहेका नेपालगञ्ज–१६ जैसपुरका ३६ बर्षिय हबिब अहमद जसगढलाई बांके प्रहरीले पक्राउ गरेको छ भने सोही क्रममा २५ लाख बोकेको इजाज हुसेन भने घटना स्थलबाटै फरार भएको पक्राउ परेकाहरुको बयानको आधारमा समेत खुलेको छ ।

पक्राउ परेको जसगढको कार्यालयमा प्रहरीे टोलीले गरेको प्रारम्भिक छानबीनमा पैसाको गैर कानुनी हुण्डी कारोबार ब्यक्तीले बिभिन्न ब्यक्तीका लागी नेपालको काठमाण्डोै देखि भारतका बिभिन्न ठाउंहरुमा पैसा उपलब्ध गराईदिए बापत ३ देखि ४ प्रतिशत सम्म कमिशनका लागी नेपालगञ्ज स्थित बिभिन्न बैकहरुको शाखा मार्फत प्रयाःजसो हरेकदिन एउटै ब्यक्तिले बिभिन्न ब्यक्तिको नाममा खोलिएका बैक खाताहरु मर्फत पैसा पठाउने गरेकोमा आईतबार उक्त ब्यक्तिले १ महिनामा करिब २५ करोड ट्रान्जेक्सन गरेको डकुमेन्टहरु बांके पैहरीले फेला पारेको पनि स्रोतले बताएको छ ।

नेपाल–भारत सिमा क्षेत्रमा रहेको पश्चिम नेपालको एतिहासिक ब्यापारिक शहर नेपालगञ्जमा भारतबाट गैर– कानुनी रुपमा सामान आयात देखि नेपालबाट भारत तर्फ संगठित रुपमा सुन लगायत प्रतिबन्धीत अमुल्य जडीबुटी, रक्त चन्दनको तेल, डायमण्ड स्टोन तस्करी कार्यमा पैसाको हुण्डी कारोबार हुने गरेको पाइन्छ भने पछील्लो समय बिभिन्न किसिमका अनलाईन जुवा कारोबारमा समेत हुण्डी कारोबारले टेवा पु–याएको नेपाल प्रहरीसंग प्राप्त हुन आएका तथ्यांकहरुले पुष्टी गर्ने गरेको छ ।

नेपालगञ्जमा सजिलो आम्दानीको माध्यम बनीरहेको हुण्डी कारोबार पछील्लो समय नेपालगञ्जबाट भारत तर्फ सुन तस्करी गर्ने संगठित गिरोहहरुको संख्या बढनु देखि भारतमा बसेर नेपालमा गिरोह तयार गरेर बिभिन्न एप्स मार्फत जुवा खेल्ने खेलाउने कार्य देखि यस्तो हण्डीको पैसा पछील्लो पटक संगठित रुपमा मिलेमतोमा गरिएको भ्रष्टाचारमा समेत प्रयोग गर्ने गरिएको स्रोतको दाबी रहदै आएको छ ।

नेपालगञ्जमा केही होटेलका म्यानेजर देखि धम्बोजी खजुरा रोड, न्यूरोड भानुचौक नजिकै भित्रि सटर रहेको बजार, एकलैनी बजार सुर्खेतरोडको भेरी शहकारी नजि, त्रिभुवन चौक नजिक, जैसपुर क्षेत्रमा केही ब्यक्तीहरुले बर्षो देखि हुण्डी कारोबार गरिरहेको यस संग सम्वन्धी जानकारहरुले जानकारी दिदै आउने गरेका छन ।

नेपालगञ्जमा पछील्लो पटक हुण्डी कारोबार फस्टाउनमा बांके नेपालगञ्ज–१६ जैसपुर घर भई भारतको लखनउ पढनका लागी गएका सदाव राई समेतका युवाहरुले सोही ठाउंबाट वाइनान्स लगायतका एप्सबाट अनलाईन जुवाका लागी लिनेलिने कमिशनका लागी समेत यस्तो हुण्डीको धन्दा बढेको स्रोतको दाबी रहेको छ ।

नेपालमा आधिकारीक स्रोत बिनाको नगद सम्पती पक्राउ परेको सन्दर्भमा सम्पती सुद्धिकरण बिभागले आवश्यक छानबीन गरि न्यायिक निरोपणका लागी अगाढी बढाउने कानुनी ब्यवस्था रहेको छ । आईतबार नेपालगञ्जमा पक्राउ परेको गैर–कानुनी पैसा र पक्राउ परेका ब्यक्तीहरु छुटाउन दलालहरुको सक्रियता सुरुभईसकेको छ भने उक्त घटनाको सुक्ष्मरुपले छानबीन तथा अनुसन्धान गरेमा गैर कानुनी कारोबार गर्ने गिरोहहरुको पहाड नै भत्किने सम्भावना प्रवल रहेको छ ।

 

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech