९ श्रावण २०८३, शनिबार

प्याब्सन कोहलपुरको आयोजनामा दुईदिने CAS तालिम सञ्चालन हुँदै
  • न्युज मानसराेवर

कोहलपुर, साउन ८। प्याब्सन कोहलपुरको आयोजनामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली (Continuous Assessment System–CAS) सम्बन्धी दुईदिने तालिम सञ्चालन हुने भएको छ।

तालिममा प्याब्सन कोहलपुरमा आबद्ध २८ वटा विद्यालयका १सय ४० जना शिक्षक–शिक्षिकाको सहभागिता रहने प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो।

अध्यक्ष केसीका अनुसार तालिमले विद्यालयमा गुणस्तरीय अध्यापन–सिकाइलाई थप प्रभावकारी बनाउन, निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीलाई व्यवहारमा कार्यान्वयन गर्न तथा वार्षिक, अर्धवार्षिक र मासिक मूल्यांकन, नतिजा व्यवस्थापन र कार्ययोजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिमको सहजीकरण गण्डकी प्रदेश तालिम केन्द्र, दमौलीका शाखा अधिकृत दामोदर कार्कीले गर्नुहुनेछ। तालिम कोहलपुरमा साउन ९ र १० गते सञ्चालन हुनेछ।

प्याब्सन कोहलपुरका सल्लाहकार दिनेश सिग्देलले यस तालिमबाट शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै विद्यालयमा शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारमा उतार्न सहभागी शिक्षक–शिक्षिकालाई आग्रह समेत गर्नुभयो।

  • ८ श्रावण २०८३, शुक्रबार प्रकाशित

  • Nabintech