१८ बैशाख २०८१, मंगलवार

३६ वर्ष पहिले चोरी भएको मूर्ति नेपाललाई हस्तान्तरण
  • न्युज मानसराेवर

काठमाण्डौ । ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तारण गरेका हुन् ।

पाटन मन्दिरको यो मूर्ति १९९० देखि टेक्ससको म्युजियममा राखिएको थियो ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech