१८ बैशाख २०८१, मंगलवार

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • न्युज मानसराेवर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech