८ मंसिर २०८१, शनिबार

पञ्जावसँग राजस्थान पराजित
  • न्युज मानसराेवर

कोहलपुर,बाँके : इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेट्टायो। पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ्स खेले।

यस्तै राईली रुसो र जितेश शर्माले समान २२(२२ण् रन बनाए । आशुतोष शर्माले १७ रन जोडे।  राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २-२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो ।

त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो। रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर(क्याडमोरले समान १८ रन बनाए।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २(२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १(१ विकेट लिए। यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ। ​ प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ।​ आईपिएलमा आज सनराईजर्स हैदराबाद र गुजरात टाईटन्स भिड्ने छन्।

 

  • ३ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech