१८ बैशाख २०८१, मंगलवार

नक्कली नोट र मेसिनसहित कञ्चनपुरमा १ जना पक्राउ
  • न्युज मानसराेवर

कञ्चनपुर । कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा मंगलवार राति करिब १० बजे पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको हो ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech