१८ माघ २०८१, शुक्रबार

विश्‍व घटना : पहिलो हट एयर बेलुन प्रदर्शन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:आज ४ जुन विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनको सम्झना दिलाउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९८९- तियानमेनमा हजारौंको हत्या

चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्‍वायरमा आजकै दिन चिनियाँ सेनाले गोली बर्साउँदै ट्यांकहरूले पेल्दा हजारौं प्रदर्शनकारीको ज्यान गएको थियो। प्रजातन्त्र माग गर्दै प्रदर्शन गरिरहेका नागरिकमाथि कम्युनिस्ट सरकारले निर्मम दमन गरेको थियो।

– सन् १९१७- पहिलो पुलित्जर पुरस्कार प्रदान

सन् १९१७ मा पहिलोपटक पुलित्जर पुरस्कार प्रदान गरिएको थियो। त्यसयता बर्सेनि विधिन्‍न विधामा उक्त पुरस्कार प्रदान गरिँदै आएको छ। पीत पत्रकारिताका पिता मानिने जोसेफ पुलित्जरले कोलम्बिया विश्‍वविद्यालयलाई उपलब्ध गराएको धनराशिबाट उक्त पुरस्कार दिन शुरु गरिएको हो।

– सन् १७८३- पहिलो हट एयर बेलुन प्रदर्शन

फ्रान्सका मोन्टगल्फियर दाजुभाइले सन् १७८३ मा आजकै दिन हट एयर बेलुन प्रदर्शन गरेका थिए। करिब १० मिनट उनीहरूले हट एयर बेलुनको उडान गरेका थिए।

– सन् २००१- नेपालका अन्तिम राजा ज्ञानेन्द्रको गद्दी आरोहण

दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह आजकै दिन राज सिंहासनमा बसेका थिए। तथापि, उच्च महत्त्वाकांक्षा र नागरिक अधिकार खोसेर तानाशाही शासन लागू गर्न खोजेपछि जनआन्दोलनको बलबाट उनी गद्दीच्युत हुन पुगे। र, नेपालका अन्तिम राजा बन्‍न पुगे।

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech