१८ बैशाख २०८१, मंगलवार

बाँकेमा बस दुर्घटना हुँदा ३४ जना घाइते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बैसामा शुक्रावर राति बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

राप्ती सोनारी ३ खैरहनीबाट दाङको मौरीघाट दुलही पठाउन जाँदै गरेको ना.३ ख. ९७५९ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech