१८ बैशाख २०८१, मंगलवार

रुपन्देहीमा पेस्तोलसहित ३ जना पक्राउ
  • न्युज मानसराेवर

बुटवल । कटुवा पेस्तोलसहित रुपन्देहीमा ३ जना पक्राउ परेका छन् । जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान पक्राउ परेको जानकारी दिए ।

नम्बरको भारतीय मोटरसाइकलमा सवार ३ जनालाई शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech