बाँके\बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब २८० विद्युतका पोल, पाँच वटा ट्रान्सफर्मर र करिब ५ किलोमिटर लामो तार ढलेर तथा चुँडिएर नष्ट हुँदा एक करोड भन्दा बढीको क्षति भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।