कोहलपुर,बाँके: नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीले कोहलपुर उद्योग बाणिज्य संघले विधान विपरीत निर्वाचन लक्षित फर्म, उद्योग दर्ता नविकरण गरेको भन्दै बाणिज्य संघ कोहलपुरमा अनिश्चितकालिन तालावन्दि गरेको छ । नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र खनालले बाणिज्य संघले निर्वाचन लक्षित किर्ते दर्ता तथा नविकरण गरेको भन्दै यस्ता क्रियाकलापले ब्यबसायीहरुको हित भन्दा पनि चुनाव कसरी जित्ने भन्ने मनसायले गलत क्रियाकलाप गरेको पाईएकाले अनिश्चितकालिन तालाबन्दि गरेको जनाएका छन ।
एक विज्ञप्ति सहित नेपाल उद्योग तथा ब्यबसायी महासंघको टिम उद्योग बाणिज्य संघ कोहलपुर पुगि ज्ञापन पत्र पेश गर्दै नक्कली ब्यबसायी खडा गरि गरिएको दर्ता नविकरणको उचित छानविन हुनुपर्ने, भरपर्दो छानविन समिती गठन गरिनुपर्ने जस्ता माग सहित तालावन्दि गरिएको अध्यक्ष खनालले न्युज मानसरोवरसंग कुराकानिका क्रममा वताएका छन ।
जेठ ६ गते जारी वाणिज्य संघको सुचना विपरीत दर्ता नविकरण गरिएको महासंघले आरोप लगाउदै कार्तिक ३ गते घोषित निर्वाचनको तालिका बमोजिम निर्वाचन प्रक्रियामा फर्जि ब्यबसायीहरुलाई दर्ता गरेर चुनाव जित्नकालागि मात्र गलत कार्य भईरहेको भन्ने सुचनाका आधारमा विश्वसनीय वातावरण नबन्दा सम्म तालावन्दि जारी रहने वताईएको छ ।