८ बैशाख २०८३, मंगलवार

भारतमा यात्रुवाहक रेल दुर्घटना हुँदा दुईको मृत्यु, ३५ घाइते
  • न्युज मानसराेवर

नयाँदिल्ली: भारतमा बिहीबार एउटा यात्रुवाहक रेल पटरीबाट खसेर धेरै डिब्बा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु र अन्य २४ जना घाइते भएका छन् । उद्धार र राहत कार्य जारी छ ।

दुई हजार छ सय ४० किलोमिटरसम्म चल्ने बाइस डिब्बासहितको यात्रुवाहक यात्रुवाहक रेल चन्डीगढ–डिब्रुगढ एक्सप्रेस उत्तरी हिन्दू पवित्र सहर अयोध्या नजिक दिउँसो पटरीबाट खसेको थियो ।

भारतीय रेलवेका प्रवक्ता पङ्कज कुमार सिहंहले दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उत्तर प्रदेश राज्यका राहत आयुक्त नवीन कुमारले ३५ जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । उहाँले उद्धार कार्य सकिएको र रेलभित्र कोही पनि नफसेको जानकारी दिनुभयो ।  प्रसारक एनडिटिभीका अनुसार गोन्डा जिल्लास्थित दुर्घटनास्थलमा कम्तीमा चार डिब्बा पल्टिएका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल एक्समा दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभयो । “जिल्ला प्रशासनका अधिकारीहरूलाई युद्धस्तरमा राहत तथा उद्धार अभियान चलाउन र घाइतेलाई अस्पताल पुर्याउन निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो, “म भगावान् रामसँग घाइतेको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दछु ।”

गोन्डा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अनिल कुमार तिवारीले चिकित्सकहरूको एउटा टोलीलाई दुर्घटनास्थलमा पठाइएको बताउनुभयो । एएफपी

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech