१२ मंसिर २०८१, बुधबार

बाँके जिल्लाका विभिन्न धार्मिक स्थल परिक्रमा गर्दै ‘कोरा’ बाँके
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्जमा शनिबार धार्मिक स्थलहरूको परिक्रमा गर्दै कोरा साइकल यात्राको आयोजना हुने भएको छ । सन् २०१९ बाट हुँदै आएको कोरा बाँके जिल्ला साइक्लिङ संघ र नेपालगन्ज साइक्लिङ क्लबको संयुक्त व्यवस्थापनमा बृहत साइकल यात्रा गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

कोरा साइकल यात्रामा बाँके जिल्लाभरीबाट १ सय ५० भन्दा बढी महिला-पुरुष साईक्लिस्टहरूले सहभागिता जनाउने नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिएका छन् । ‘कार्यक्रम शनिवार विहान ६.३० बजे नेपालगन्ज २ न्यूरोड स्थित बौद्ध गुम्वाबाट औपचारिक रूपमा उद्घाटन पश्चात सचेतनामूलक व्यानरका साथ साइकलबाट नेपालगन्ज शहरका साथै बाँके जिल्लाका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै कार्यक्रम सम्पन्न गरिनेछ’, आयोजक बाँके जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष गगन थापाले भने ।

कोरा साइकल यात्राका लागि छुट्टाछुट्टै ३ वटा रुट बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कोरा २५ कि.मी, ५० कि.मी, १०० कि.मी र प्यावसन नेपालगन्जको सहकार्य मा १० कि.मी किड्स कोरा आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

कोरामा सहभागी हुने साइकल यात्रीहरूले बौद्ध गुम्वा वागेश्वरी मन्दिर, जामा मस्जिद, हडियाबावा, ज्योती चर्च हुदै आफ्नो लक्ष्य अनुसार दुरी पार गर्नेछन् । कोरामा नेपालगन्जको वडा नं १ को तेजनगरमा निर्माण भएको नेपालकै लामो असफाल्ट पिच भएको पम्प ट्रयाकको संरक्षण र सम्बर्धनको लागि फण्ड समेत जुटाइने लक्ष्य राखेको आयोजक अध्यक्ष थापाले थापाले जानकारी दिए ।

कार्यक्रममा बाँके जिल्ला साईक्लिङ संघका अध्यक्ष गगन थापा, नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटा र ओमोडा गाडीको लागि बाँके–बर्दियाको आधिकारिक बिक्रेता सिद्धार्थ टेक प्रालीका प्रबन्ध निर्देशक विवेक श्रेष्ठले संयुक्त रूपमा टिर्सट सार्वजनिक गरेका थिए ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech