बाँके बैजनाथ । सुर्खेतमा एकजना नक्कली प्रशासकीय अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छेडागाड नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बूढाक्षेत्री छन्।
उनले नागुनाथ गाउँपालिका हुम्ला लेखिएको परिचयपत्र राखेका थिए।
यो गाउँपालिका नेपालमै छैन। ठगीको आरोपमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिए।
महानगरीय अपराध महाशाखा काठमाडौंको पत्रका आधारमा पक्राउ गरिएको हो। नेत्रकुमारी पौडेलले जाहेरी दिए पनि घटनाको विस्तृत विवरण भने प्रदेश प्रहरीसँग छैन। ‘हामीलाई काठमाडौंबाट पत्र आएअनुसार पक्राउ गरी काठमाडौं पठाएका छौं,’ प्रवक्ता चन्दले भने, ‘ठगीको मुद्दा छ तर घटनाको विस्तृत विवरण थाहा छैन।’