९ मंसिर २०८१, आईतवार

धरहरा खुला गर्ने सरकारको तयारी 
  • न्युज मानसराेवर

काठमाडौँ:  २०७२  सालको भूकम्पमा परि ध्वस्त भएको  काठमाडौको माझमा रहेको धरहरा  छिट्टै  खुला गर्ने सरकारले तयारी गरेको छ। त्यसबेला समेत प्रधानमन्त्री रहनु भएका केपी शर्मा ओलीले  मै बनाउछु मेरो  धरहरा भन्ने अभियान संञ्चाल गरेर यसको पूननिर्माण  गर्नुभएको थियो। पुन निर्माणपछि पनि पूर्ण रुपमा खुला नगरिएको धरहराको  प्रधानमन्त्री ओलीले  खुला गर्नका लागि सचिवहरुलाई  मंगलबार निर्देशन समेत दिनुभएको छ ।

‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ’। प्रधानमन्त्री ओलीले भन्नुभएको छ।

भूकम्पले ध्वस्त भएको धरहरा  पुननिर्माणको प्रधानमन्त्री  ओलीले २०७२ साल पुस १२ गते शिलान्यास गर्नुभएको थियो।  तीन बर्ष धरहराको  पुन निर्माणपछि प्रधानमन्त्री ओलीले २०७८ साल बैशाख ११ गते ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको थियो। सुगौली सन्धीपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहराको निर्माण गर्नुभएको थियो।

यस्ता छन् पुनर्निर्मित धरहराको मुख्य विशेषता
०  बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भुईंतलासहित २३ तला हुनेछ । यसरी समग्रमा धरहरा २५ तल्लाको हुनेछ ।
०   जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ ।
०  धरहराभित्र २ वटा लिफ्ट हु ने छन । एकपटकमा १० जना यात्रा गर्न  सक्ने छन  । यसबाट बृ द्धवृ द्धा एव  अपाङ् गता भएका व्यक्तिहरुलाई धरहरामाथिको पहुँचमा सहजता हुनेछ । साथमा फलामको भरयाङ पनि रहनेछ ।
० धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औं तल्लाबाहिर २.५ मिटर चौडाईको बार्दली रहेको छ ।
०  २२औँ तल्लामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।
० धरहरा मुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भरयाङबाट तल माथि गर्न सकिनेछ ।

 धरहरा क्षेत्रका मुख्य–मुख्य संरचना
० दुई तले भूमिगत संरचनासहितको धरहरा
०   तीनतले भूमिगत पार्किङ
० एउटा अर्ध–भूमिगतसहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय
०  ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’
०  विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा
–  संरक्षित ऐतिहासिक भीमसेन स्तम्भ

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech