बर्दिया : भारतीय सीमा नाकाको बजार बलैगाउँ हुँदै बर्दिया बढैयाताल गाउँपालिका–३ भोलागौढी चोकनजिक आउँदै गरेको मोटरसाइकल सवार दुई जनालाई प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
गस्ती गर्ने क्रममा शंका लागि चेक गर्दा चप्पलमा लुकाएको सेतो रंगको पुरियामा बेरिएको ४ सय १० ग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रवक्ता डीएसपी तुल्सीराम अर्यालका अनुसार भे ६ प ७०५ नम्बरको मोटरसाइकलमा दुई जनालाई चेक गर्दा बासगढी नगरपालिका–६ दमौलीका २० वर्षीय मनीष शाहको चप्पलमा लुकाएर राखेको उक्त पदार्थ फेला परेको हो । मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय शिवलाल सुनार पनि पक्राउ परेको डीएसपी अर्यालले जनाए ।