कोहलपुर,बाँके: पछिल्लो समय गणित बिषयको अध्यापन गराउदै आएको सुर्खेत क्याम्पसले हाल गणित बिषयको अध्यन अध्यापन स्थगन गराएपछि गणित अध्यन गर्न चाहने साविक मध्यपश्चिम र सुदुरपश्चिका विद्यार्थीहरुलाई राजधानि जानपर्ने बाध्यात्मक परिस्थितीलाई चिर्दै कोहलपुर ११ मा रहेको ज्ञान बहुमुखि क्याम्पसले गणित बिषयको अध्यन अध्यापन कार्यलाई भने निरन्तरता दिएको छ ।
१५ बर्षदेखि कोहलपुरको शिक्षा क्षेत्रमा नविनतम ज्ञान प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आएको साविक न्यु बागेश्वरी कलेज हाल ज्ञान बहुमुखि क्याम्पसले गणितका अलावा आफनो शिक्षा संकायमा अंगे्रजी, जनसंख्या,स्वास्थ्य र नेपाली बिषयको समेत पठनपाठन गराउदै आएको छ ।
म्यानेज्मेन्ट बिबिएसतर्फ एकाउन्ट, फाईनान्स र मार्केटिङको पठनपाठन हुने यस क्याम्पसमा १ जना मात्र भएपनि गणित बिषयलाई निरन्तरता दिईरहेको उल्लेख गर्दै क्याम्पस प्रमुख टेक बहादुर गुरुङले लागत जति भएपनि गणित विषयलाई आफुहरुले निरन्तरता दिईरहेको वताए ।
दक्ष लेक्चर, उपयुक्त लाईब्रेरी र अत्याधुनिक कम्प्युटर ल्याव सहितको पठनपनठन हुने ज्ञान बहुमुखि क्याम्पसले चालु शैक्षिक शत्रका लागि बिएड र विविएसमा भर्ना खोलेको समेत जनाएको छ ।
गरिव, जेहन्दार, पिछडिएको क्षेत्रका साथै दुर दराजवाट आएर आफनो क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुलाई प्याकेजमै सहुलिएत दिएर अध्यापन गराउने योजना सुनाउदै क्याम्पस प्रमुख गरुङले सिमित सिटहरुमा भर्ना खुल्ला गरिएको न्युज मानसरोवरसंग वताए ।