११ मंसिर २०८१, मंगलवार

राप्तिसोनारीवाट एक रातो र एक दुई थोप्ले गोमन सर्पको उद्धार
  • न्युज मानसराेवर

राप्तिसोनारी:बाँके राष्ट्रिय निकुञ्जको टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ स्थित एक विद्यालयबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्दार गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कमै मात्रामा पाइने कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्दार गरिएको निकुञ्जका रेञ्जर यामबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार यो प्रजातिको सर्प भारत र नेपालका केही स्थानहरुमा मात्र पाइने गरेको छ । दुर्लभनै नभएपनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको छ ।

रेञ्जर रावतकाअनुसार नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि यो प्रजातिको सर्प पाइएको थियो । बाँकेमा पनि दुई वर्षअघि निकुञ्जकै कम्पाउण्डभित्र पाइएको थियो ।

अन्य सर्पभन्दा कमै मात्रामा पाइने यो सर्प मन्द विषालु भएको उनले जानकारी दिदै भने । झट्ट हेर्दा यो सर्पको टाउकोबाट स्पष्ट घाँटी छुट्टिएको देखिदैन । त्यसैगरी आजै राप्तीसोनारी ८ ओभरीबाट एउटा गोमन सर्पसमेत उद्दार गरिएको रेञ्जर रावतले वताए ।

“ओभरीका एक स्थानीयको गोठमा छिरेर एउटा बोकालाई डसेर मारेको रहेछ, स्थानीयले हामीलाई खबर गरेपछि, हामी तत्काल पुग्यौं ।” रावतले भने, “दुई थोप्ले गोमन सर्प रहेछ, यो विषालु प्रजातिको सर्प हो, सर्पलाई उद्दार गरेर कार्यालयमा ल्याएका छौं ।” उद्दार गरेर ल्याइएका सर्पहरुलाई निकुञ्जको जङ्गलक्षेत्र भित्र लगेर व्यवस्थापन गर्दै आएको बताईएको छ ।

 

  • ३१ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech