८ मंसिर २०८१, शनिबार

नेपालको पहिलो हाइड्रोपावर फर्पिङ
  • न्युज मानसराेवर

बाँके\फर्पिङमा रहेको हाइड्रोपावर जसको पुख्र्यौली नाम श्री चन्द्रज्योति विद्युत गृह हो । यो हाइड्रोपावर नेपालको सबैभन्दा पहिलो हाइड्रोपावर हो । जसलाई दक्षिण एसियाकै सबैभन्दा पुरानो हाइड्रोपावरको रुपमासमेत चिनिन्छ । विसं १९६८ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले स्थापना गरेको यो हाइड्रोपावर ५ सय किलोवाट क्षमताको थियो । तर, हिजोआज यो हाइड्रोपावर सञ्चालनमा भने छैन ।

स्थापना कालदेखि थुप्रै उतारचढाव भोगेको यो हाइड्रोपावरलाई विसं २०१० मा नेपाल विद्युत प्राधिकरणले आफ्नो मातहतमा लिएर फर्पिङ जलविद्युत केन्द्रको रुपमा नामाकरण गर्यो । पछि, नेपाल सरकारले यसलाई संग्रहालयको रुपमा घोषणा गरि आम सर्वसाधारणका लागि खुल्ला समेत गर्यो । ६० वर्षसम्म उज्यालो दिएको यस हाइड्रोपावरलाई राजधानीमा खानेपानीको अभाव भएको भन्दै २०३८ सालमा सरकारले फर्पिङको पानी राजधानी  ल्याउन सुरु गर्यो । त्यसपछि भने उक्त हाइड्रोपावर सधैंका लागि बन्द हुन पुग्यो ।

 

फर्पिङ हाइड्रोपावर उत्पादन स्थलको पावर चेक गर्ने मेसिन

ड्याम नजिक रहेको राणा कलिन समयको भवन संरक्षण नहुदा हाल जीर्ण अवस्थामा पुगेको छ ।

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech