९ मंसिर २०८१, आईतवार

बैजनाथमा कानको निःशुल्क शिविर
  • न्युज मानसराेवर

बैजनाथ ,बाँके : बाँकेको बैजनाथमा कानको निःशुल्क शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्ज–५, फुल्टेक्राको आयोजनामा बैजनाथ–५, बनकटवामा कान स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बैजनाथ–५ बनकटवामा सम्पन्न शिविरमा १५१ जनाको कान परीक्षण गरिएको छ । जसमध्ये पुरुष ४५ जना र महिला १०६ जना गरी जम्मा १५१ जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका सम्रनी कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारुले जानकारी दिए ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सम्रनी कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारु, सम्रनी कान चिकित्सक सीता थारु कानको जाँच गरेका थिए । कान जाँचका क्रममा कान पाक्ने रोगी २३ जना, कानेगुजी १५ जना तथा काने ढुसी २५ जनामा देखिएको आउटरिच इन्चार्ज भीषण थारुले बताए ।

आउटरिच इन्चार्ज भीषण थारुका अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर पनि कान जाँचका लागि सहकार्य गर्न सदैव तत्पर रहेको बताए ।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech