बाँके\लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हल निर्माण भएको दुई वर्षको अवधिमा हल भाडामार्फत २१ लाख ५० हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ । २०७९ जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा उद्घाटन भएको ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान हल’मा त्यसयता जम्मा १० वटा कार्यक्रम मात्र भएको लुम्बिनी विकास कोषले जनाएको छ।
उक्त हल प्रयोग गरे बापत आर्थिक वर्ष २०७९/८०मा भएका ७ वटा कार्यक्रमको भएकामा १३ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ३ वटा कार्यक्रम भएको र त्यसबापत ८ लाख रुपैयाँ रुपैयाँ सङ्कलन भएको लुम्बिनी विकास कोषका लेखा प्रमुख नबल यादवले जानकारी दिए ।
दुई चरणमा परेर ७० करोड रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सभा हल निर्माण भएपछि लुम्बिनीका आन्तरिक र बाह्य कार्यक्रम बढ्ने विश्वास गरिए पनि त्यसो हुन नसकेको हो।