९ मंसिर २०८१, आईतवार

गणेशमान चोकदेखी चारबाहिनी चोक जोड्ने सडक अब एकतर्फी
  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्जको ट्राफिक ब्यवस्थापन अस्त–ब्यस्त भइरहेका बेला केही सुधारको प्रयास थालिएको छ । पछिल्लो समयमा बढ्दो सवारी चापका कारण नेपालगन्जको ट्राफिक ब्यवस्थापनमै चुनौती थपिएका बेला स्थानीय गणेशमान चोकदेखी चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा केहीदिन अघि सम्पन्न भएको बैठकले उक्त सडकलाई एकतर्फी गराउने निर्णय गरेको थियो । सोही बैठकको निर्णय कार्यान्वयन स्वरुप सडकलाई एकतर्फी रुपमा सञ्चालन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुस्कर पन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको निर्णयसँगै अहिले कार्यान्वयनमा ल्याइएको जानकारी दिएका छन् । उनले भने, ‘हरेक दिन बिहान ९ बजेदेखी बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन् ।’

नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख सुर्यबहादुर बोगटीका अनुसार अब सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन् । तर चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन । उनले अगाडी भने, ‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने ब्यवस्था मिलाइएको छ ।’

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech