६ कार्तिक २०८१, मंगलवार

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय आफ्नै भवनमा
  • न्युज मानसराेवर

कोहलपुर : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले कार्यालयबाट सेवा प्रवाहको शुभारम्भ गरे । नेपालगन्ज क्षेत्रमा कार्यालय भवनका लागि जग्गा प्राप्तिमा आवश्यक सहयोग नभएपछि कार्यालय कोहलपुरमा प्राप्त जग्गामा रु पाँच करोड ४८ लाख ८५ हजारको लागतमा नयाँ भवन निर्माण भएको हो । बीस कोठाको यो भवनबाट तीन प्रदेशका दुई सय क्याम्पसलाई सहज सेवा उलव्ध हुने उपकुलपति बरालले बताए ।

त्यस अवसरमा कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुदूरपश्चिम प्रदेशको सेवासमेत कोहलपुरबाट प्रवाह गर्न आग्रह गरे । उक्त कार्यालयका प्रमुख सुमन गौतमले उत्तरपुस्तिका परीक्षणका आवश्यक पूर्वाधार पनि भवनमा रहेका जानकारी दिए । वि.सं. २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पस परिसर भित्र रहेको कार्यालय भवन पछिल्लो १२ बर्षदेखि भाडाको घरमा सञ्चालित थियो ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech