कोहलपुर\आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनले स्थानीय व्यापारिक क्षेत्रमा निकै चर्चा पाएको छ ।
आगामी कार्तिक ३ गते हुने निर्वाचनमा विभिन्न दावेदारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
प्रगतिशिल व्यवसायी समुह ,लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रचारप्रसारले बजार तातियको हो । मुख्य गरी यी दुई समुहहरुले आफ्ना उम्मेदवारहरूलाई विभिन्न वडामा पु¥याएर अभियान सञ्चालन गरिरहेको छ ।
बजार तथा सामाजिक संजालमा तस्विर र मतदानका लागि अपिल ,पोष्टहरु गरिरहेका छन। कोहलपुर उद्योग ब्यापार संघको निर्वाचमा मुख्य गरी प्रगतिशिल व्यवसायी समुहको नेतृत्व अन्जना धिताल तथा लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराईको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन। यी दुवै समुह चुनावी प्रचार प्रसारमा केन्द्रित छन।
अन्तिममा कसले जित्छ भन्ने कुरा मतदाताहरूको निर्णयमा भर पर्नेछ । कोहलपुर उद्योग बाणिज्य संघको यस पटकको निर्वाचनले स्थानीय व्यापारिक क्षेत्रको भविष्यलाई प्रभाव पार्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।
रोचक विषय भने व्यापारीका नाममा राजनितिक दलका नेता कार्यकर्ताहरुको सक्रिएताले आम निर्वाचन जस्तो महोल देखिएको छ ।
यो निर्वाचनलाई मुख्य गरी नेपाली काग्रेस तथा नेकपा एमाले विचको भिडन्तका रुपमा हेरिएको छ । अन्य पार्टीका व्यापारी दुवै समुहमा उम्मेदवारी रहेतापनि मुख्य गरी कांग्रेस , नेकपा एमाले विचको प्रतिस्पधामा केन्द्रित देखिन्छ ।
विशेषगरी पार्टीका जनवर्गिय संगठन तथा पार्टीका नेता कार्यकता उक्त कोहलपुर उद्योग व्यापार संघको निर्वाचमा केन्द्रित भएका छन। व्यापारीहरुका समस्या के हो ? त्यसको उचित बहस भने बजारमा देखिएको छैन । तर पार्टीका नेतृत्व देखी, टोल कमिटी दुवै पार्टीले परिचालन गरिरहेको छ । उनीहरुबाट सूचना सकंलन गरिरहेको देखिन्छ ।
यहाँ सम्म कि व्यापारीहरुले केन्द्रिय स्तरका राजनिति गर्ने नेतृत्व समेत चुनावी मैदानमा मतदान विच मतदान गरिदिन अपिल गरिरहेका छन। कूल १ हजार ६ सय मतदाता व्यवसायीहरुले कात्तिक ३ गते आगामी नेतृत्वको लागि मतदान गर्ने छन।
व्यापारीहरुले व्यापारी निर्वाचित गर्न आवश्यक देखिन्छ। मुख्य गरी बजारको तरलता अत्य स्थानीय स्तरमा व्यापार गर्ने महोल व्यपारीहरुको सुरक्षा, विमा वित्तीय संघ संस्था तथा बैकंहरु बाट सुलभ तथा न्यनतम ब्याजमा कर्जाको व्यवस्थापन , रात्रिकालीन व्यापारका सम्भावनाहरुको खोजी गरी रोजगारी सृजना , घरधनी तथा व्यापारी विचको समन्वय सहकार्य जस्ता विषयहरु सहजीकरण गर्न सक्ने नेतृत्व चययमा व्यापारीले ध्यान दिन जरुरी छ । यी विषयहरु मतदाता ब्यापारीहरुले दबाव दिन आवश्यक छ ।