६ कार्तिक २०८१, मंगलवार

टाउको काट्ने ब्यक्तिको पहिचान खुलेको दावि
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:गत राति करिव १२ वजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरिमा टाउको नभएको शव फेलापरेपछि अनुसन्धानलाई तिव्रता दिएको कोहलपुर प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार पिपिरिचोकदेखि दुई किलोमिटर पुर्व शितलनगरका ४० बर्षिय चन्द्र वहादुर कामिको टाउको काटने ब्यक्ति रोल्पा घर भई निजको घरमा आएको पाहुना अन्दाजि ३० बर्षिय अनिल परियार भएको आशंका गरेको छ ।

उनी कामिको घरमा आई शिमला जाने सरसल्लाह गरि जाने तयारीवारे कुराकानि गरेको र वारदातको समय अघि दुई जना संगै रहेको तर चन्द्र वहादुर उक्त वारदातमा परेदेखि परियार फरार रहेकाले घटनामा उनको संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले निजको हुलिया सहित फेला परेमा नजिकको प्रहरीलाई खवर गर्न भनेको छ ।

सामान्य ज्याला मजदुरी गरेर खाने चन्द्र वहादुर कामिलाई अमानविय तरिकाले टाउको नै छिनालेर टाउको नै गाएव वनाईएको घटनाप्रति स्थानियवासिहरु स्तब्ध भएका छन । एक स्थानियका अनुसार कामि निकै सोझो सरल र जस्ले काम लगायो नाई नभन्ने मान्छे भएको भएपनि यति भयंकर तरिकाले हत्या गरिनुले आफु आश्चर्यमा परेको वताएका छन ।

कुनै ब्यक्तिगत लेनदेन वा अन्य रिसिईविबारे अनुसन्धान गरिरहेको प्रहरीले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलि परिचालन गरि परियारको खोजिकार्यलाई तिव्रता दिएको छ । परियार पक्राउ परेपछि मात्र घटनावारे विस्तृत विवरण संकलन हुने भन्दै उनलाई पक्रन सहयोग गर्न कोहलपुर प्रहरीले अपिल समेत गरेको छ ।

कोहलपुर ८ पिपिरिमा भेटियो टाउको नभएको शव

  • २७ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech