६ कार्तिक २०८१, मंगलवार

चन्द्र वहादुर कामिको टाउको भेटियो

किन काटिए होलान त चन्द्र वहादुर ?

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:  गत शनिवार वडा दशैंको दशमीको राति टाउको काटिएको अवस्थामा फेला परेका चन्द्र वहादुर कामिको टाउको फेला परेको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटनास्थलवाट करिवन ५ सय मिटर पुर्व उत्तरमा सुनिता परियारको घरको सेफ्टी टयाङकिमा  फेला परेको हो ।

घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको वहिनी नाता पर्ने सुनिता परियारको घरको पाईखानाको सेफ्टी टयाङकीमा उक्त मृतकको टाउको फेला परेको अनुसन्धानको कमाण्ड सम्हालेका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक हरी भट्टराईले न्युज मानसरोवरलाई वताएका छन ।

घटना पश्चात कोहलपुर प्रहरीले घटनाको सुक्ष्म अध्यन गरिरहेको जनाएको तेस्रो दिन टाउको भेटिएपछि ईप्रका कोहलपुरका प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा थप प्रहरी परिचालन गरि थप अनुसन्धान प्रक्रियालाई अगाडि वढाईएको छ भने फरार रहेका रोल्पा घर भई पाहुनाका रुपमा आएका अन्दाजि बर्ष ३० का अनिल परियारको खोजि कार्य भईरहेको वताईएको छ ।

किन काटिए होलान त चन्द्र वहादुर ?

चन्द्र वहादुर गाउँमा निकै सोझा, सरल र सहयोगि भावनाका मान्छे भएको स्थानियहरुले घटनाका दिन देखि नै वताउदै आएका छन । उनीलाई नजिकवाट पहिचान गर्ने कोहलपुर ८ पिपिरीका भूम भण्डारीले मान्छे लाटो सोझो हो १०, २० रुपैया दिएपनि दिनभरी काम गर्ने वरु मदिरा भने खाने मान्छे भएको वताउदै आफु मारीनुपर्ने कुनै कसुर भने नगरेको अनुमान गरेका छन।

रु ५० रुपैया दिंदा लाज मानेर नाई भन्ने चन्द्र बहादुरको टाउको काटिनुको पछाडि कतै ढोंगिहरुको हात त रहेको छैन गाउँका बुढापाकाहरुले आंकलन गर्न थालेका छन । दुर्गा देवीका अन्तिम आराधाना गरिरहेकै वेला कोहि ढोंगिहरुले देवीलाई रगत चढाउन भन्दै ती सोझा मान्छेको वलि दिईएको त हैन ! भन्दै आंकलन गरेको भएपनि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने यस्तो भएको भन्ने अभियुक्त पक्राउ परेको खण्डमा निजको वयानवाट मात्र विस्तृत विरण आउने वताउछन ।

निकै सोझो केटो हो समाजमा अराजकता, अपराधि अमानवियता बृद्धि हुदै गएको मात्र नभई चैनले हिड्न र वोल्न नसक्ने वातावरण सिर्जना भएको भन्दै स्थानिय भूम भण्डारीले पिपिरी क्षेत्र पछिल्लो समय लागुऔषधको केन्द्र वन्दै गएको प्रति चिन्ता प्रकट गरेका छन । पहिले त्रिभुवन मावि आसपास यस्तो खाले अखडा थियो त्यहा प्रहरी विटको स्थापना भएपद्धि पिपिरीलाई अड्डा वनाएका कारण पनि यस्ता अपराधिक घटना बृद्धि हुदै गएको उनको थप भनाई रहेको छ ।

टाउको काट्ने ब्यक्तिको पहिचान खुलेको दावि

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech