बाँके\नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले बाँकेको नेपालगन्जमा महोत्सव सञ्चालन गर्ने भएको छ ।
महासङ्घले आइतबार नेपालगन्जको बौद्ध गुम्बामा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, वेशभूषा हराउँदै जान थालेपछि यसलाई संरक्षण गर्ने उद्देश्यसहित नेपालगन्जमा महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएका छन।
कात्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्स्पो २०८१’ सञ्चालन गर्न गरिने छ ।