१० कार्तिक २०८१, शनिबार

‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरिने

अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने

  • न्युज मानसराेवर

बाँके: लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले यसवर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो ।

बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गर्न थालेको हो । यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने भएको छ । बर्दियाको ठाकुरद्धारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरुको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको जानकारी गराएका छन।

  • १० कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech