२६ जेष्ठ २०८२, आईतवार

बाँकेमा देउसी खेल्न पाइने समय निर्धारण
  • न्युज मानसराेवर

बाँके\तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने कार्यहरू बढी हुने गरेकोले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुसप्रसाद जोशीले जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पड्काउने तथा जुवातास विरुद्ध विशेष अभियान सञ्चालन गरिएको जनाउँदै देउसी भैलोको पनि समय निर्धारित गरिएको जानकारी गराएका छन।

बाँके जिल्ला शान्ति सुरक्षाको हिसाबले निकै संवेदनशील जिल्ला भएको जनाउँदै सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको छ।

राति १० बजेपछि देउसीभैलो खेल्न पनि निषेध गरिनुका साथै पटाका आयात, बिक्री र पड्काउन समेत रोक लगाइएको र जुवातासमा पनि कडा निगरानी बढाइएको उल्लेख गरेका छन।

  • १३ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech