६ मंसिर २०८१, बिहीबार

नेपालगञ्जमा दुई मोटरसाईकल ठोक्किंदा एकको मृत्यु एक घाईते

गम्भीर घाइते शेखको मुख, आँखा र शरिरमा भित्री चोट

  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज ४ बसपार्क बाईपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा नेपालगन्ज ६ डेरा गरी बस्ने २६ वर्षीय अमनकुमार कसौंधन (गुप्ता) को मृत्यु भएको छ भने नेपालगन्ज ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर घाइते हुनुभएको छ ।

घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागी लखनऊ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहनपालिका ४ बाइपासबाट गणेशपुरतर्फ जाँदै गरेको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

सो दुर्घटनामा दुबै मोटरसाइकल चालक घाइते गम्भीर घाइते भएको र उपचारका लागि नर्सिङहोम नेपालगन्ज बाँकेमा ल्याइएकोमा चिकित्सकले कसौधनलाई आइतबार राति मृत घोषणा गरेका थिए ।

त्यसैगरी गम्भीर घाइते शेखको मुख, आँखा र शरिरमा भित्री चोट लागेकाले थप उपचारका लागि भारतको लखनऊ लगिएको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

  • १९ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech