११ पुष २०८१, बिहीबार

सरकारी सेवा निवित्त पछि व्यवसायी तरकारी खेतिमा रमाउदै यादव
  • न्युज मानसराेवर

कोहलपुर \नेपाल आर्मीको सरकारी सेवा निवित्त भएपछि परिवार आर्थिक रुपमा सवल हुन्छ भन्ने उदेश्यले वैदेशिक रोजगारी रोजेका ४४ वर्षे यादव थारु वैदेशिक रोगजारीमा दुःख भएपछि स्वदेशमा केही गर्ने उदेश्यले आफ्नै जमिनमा व्यवसायी तरकारी खेती शुरुवात गरेका हुन।

यादव थारु दुवैमा बैदेशिक रोजगारी गर्न गएका थिए । तर सोचे जति आम्दानी गर्न नसकेका थारु मलत स्वदेशमा नै फर्केका थिए ।

बाँके राप्तीसोनारी गाउँपिालिका वडा नं.८ नयाँ गाउँका थारुले ३ कक्ठा जमिन बाट  बार्षिक रुपमा ३ लाख आम्दानी गर्न सफल व्यवसायी हुन।  मौसमी तथा बेमौसमि तरकारी खेति बाट बार्षिक ३ लाख आम्दानी हुने बताउँछन।

उनले काउली ,टमाटर ,खुर्सानी,साँग ,मुला,आलु बाट व्यवसाय गरेका छन। उनले उत्पादन गरेको तकारीको विक्रि गर्न स्थानीय तथा कोहलपुरका व्यापारी घरमै आउने गरेका छन।  थारुले स्थानीय सरकारले व्यवसायीका समस्याहरुमा काम नगरेको बताउछन। उत्पादित बस्तुको बजारीकरण तथा उत्पादनमा अनुदान दिए स्वदेशमा नै यस्ता व्यवसायहरु बढ्ने उनको बुझाइ रहेको छ ।

  • २० मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech