३ पुष २०८१, बुधबार

नौबस्ता खानेपानीमा आर्थिक अनियमितताको प्रतिवेदन सार्वजनिक

उपभोक्ता समितिको आर्थिक अनियमितता गरेको छानबिन समितिले निश्कर्ष

  • न्युज मानसराेवर

बैजनाथ,बाँके: बैजनाथ गाउँपालिका वडा नम्वर ४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समिति भित्र भएको आर्थिक अनियमितताका विषयमा गठित छानबिन समितिको प्रतिवेदन सार्बजनिक गरिएको छ ।

गत भदौं ३० गते वडा भेला मार्फत छानविन समिति गठन गरिएको थियो । उपभोक्ता समिति भित्र ब्यापक अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति बनाएका थिए । बैजनाथ वडा नम्बर ४ का वडासदस्य बाल कुमारी परियारको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।

समितिले करिब ३ महिना समय लगाएर छानबिन गरेको जनाएको छ । नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा करिब दुई दशकदेखि राजकुमार ढकाल संलग्न छन् । उनी समितिको वर्तमान अध्यक्ष हुन् । उपभोक्ता समितिले आर्थिक अनियमितता गरेको छानबिन समितिले निश्कर्ष निकालिसकेको छ ।

उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झण्डै पौने करोड हिनामिना भएको छानबिन समितिले जनाएको छ । जारी भेलामा उपभोक्ता समितिले गरेको आर्थिक अनियमितता सम्बन्धमा उपस्थित भएका उपभोक्ताहरुले प्रश्न गरिरहेका छन् ।

  • ३ पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech