२४ जेष्ठ २०८३, आईतवार

लुम्बिनी सभाको अधिवेशन आह्वानका लागि सिफारिस
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो ।  साढे तीन महिनापछि पाँचौँ अधिवेशनको बैठक बस्न लागेको हो ।

  • ९ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech