बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणले सङ्घीय सरकारले जे भन्छ त्यही गर्न आफूहरू बाध्य भएको बताएका छन।
गैरसरकारी संस्था महासङ्घले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले राम्रो ऐन कानुन बनाएर लागु गर्दा अदालतबाट रोकिएको स्मरण गराउँदै कानुनको अभावमा समस्या झेलिरहेको उल्लेख गरेका हुन।
मुख्यमन्त्री आचार्यले सङ्घीय सरकारले प्रदेश सरकारका लागि आवश्यक कानुन नबनाइदिँदा कर्मचारीले पनि काम गर्न मन नगरेको गुनासो समेत गरे ।कार्यक्रममा विशिष्ट अतिथि सघिय माननीय सुर्य ढकाल ,लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय जन्मजय तिमिल्सिना गैर सरकारी सस्था महासघ नेपालका केन्द्रिय अध्यक्ष राम सुवेदी लगायतले धारणा राखेका थिए ।
सम्मेलनमा प्रदेशका १२ जिल्लामा कार्यरत्त गैर सरकारी संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।